काठमाडौं १९ साउन । नेकपा एकिकृत सामाजवादी का अध्यक्ष माधवकुमार नेपालले आगामी चुनावमा सम्म गठवन्धन कायम रहने बताएका छन् ।
बिहीबार ‘एमाले-माओवादी एकतादेखि विभाजनसम्म’ नामक पुस्तकको विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले गठवन्धन कायम गरी गठबन्धनभित्रै तेस्रो मोर्चा बन्ने बताएका हुन् ।
नेपाली कांग्रेसलाई हामी नै सबैथोक हो भन्ने परेको हुनसक्ने भन्दै नेपालले गठबन्धनभित्रै तेस्रो मोर्चा बनाउन सकिने बताए ।
‘नेपाली कांग्रेसलाई हामी नै सबै थोक हौं भन्ने परेको हुनसक्छ । यो सर्वेसर्वा मै हुँ भन्ने कुराले बिगारेको छ । त्यसकारण हामी पनि केही हौं भन्ने समय आएको छ। यस्तो अवस्थामा अझै अर्को चुनावी मोर्चा बनाउनुपर्ने, वाम शक्तिहरु मिल्नुपर्ने हुन्छ ।’ नेपालले भने ।
एकले अर्काको अस्तित्व स्वीकार गर्नेसँग मिल्ने कुरा भएको भन्दै नेपालले भने,’जुन गाउँ जानु नै छैन, त्यो बाटो सोध्नु नै हुँदैन भनेर त्यसै भनेका होइनन् ।’
विचार मिल्नेहरु, धारणा मिल्नेहरु, भावना मिल्नेहरु, मन मिल्नेहरु मिलेर जानुपर्ने नेपालले बताए ।