निर्वाचनको मिति घोषणा भएसँगै अब सरकार काम चलाउ भएको सरकारले महत्वपूर्ण र मुलुकलाई दूरगामी असर पार्ने निर्णय गर्न पाउँदैन ।
बुटवल १९ साउन । नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले सरकारले चुनावको मिति घोषणा गरेसँगै गठवन्धन सरकार काम चलाउन सरकार भएको बताएका छन् ।
बिहीबार बुटवलमा प्रेस चौतारी रुपन्देहीले आयोजना गरेको पत्रकार सम्मेलनमा सरकारले अब महत्वपूर्ण र मुलुकलाई दूरगामी असर पार्ने निर्णय गर्न नपाउने भन्दै आजबाट काम चलाउ सरकार भएको बताए । अब सरकारले महत्वपूर्ण निर्णय गर्न पाउँदैन’ उनले भने ।
सरकारले छापामार शैलीम आज बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन गर्ने निर्णय गरेको नेम्वाङले बताए । अहिलेको गठबन्धन संसदीय मूल्य मान्यता विपरीत दूषित गठबन्धन गरेको उनले बताए ।