दुइ वटा भ्यान एक आपसमा ठोक्किदा ९ बालबालिकासहित १० को मृ त्यु — OSNepal

दुइ वटा भ्यान एक आपसमा ठोक्किदा ९ बालबालिकासहित १० को मृ त्यु

LC (KTM) June 21, 2021 0

वासिङ्टन ७ असार-अमेरिकाको अलाबामामा भएको सडक दुर्घटनामा परी १० जनाको मृ त्यु भएको बताइएको छ । शनिबार अमेरिकाको अलाबामा राज्यमा भएको सडक दुर्घटनामा परी ती नागरिकको ज्या न गएको बताइएको छ । उक्त दुर्घटनामा परेर नौ जना बालबालिकाको ज्या न गएको छ । साथै अर्का एकजना वयस्क नागरिक पनि सो दुर्घटनामा परी मृ त्यु भएको छ ।

यहाँका अधिकारीहरुले आइतबार दिएको जानकारीअनुसार अलाबामाको बटलर काउन्टीमा दुर्घटनामा परेर ती बालबालिका मारिएका हुन् । सो दुर्घटनामा परी मृ त्यु भएका ८ जना बालबालिका ४ देखि १७ वर्ष उमेरका रहेका थिए । एक भ्यानमा यात्रा गरिरहेका उनीहरुको भ्यान दुर्घटनामा परेको बताइएको छ ।

उनीहरुको दुर्घटनास्थलमै ज्यान गएको थियो । अर्काे भ्यानमा रहेका एकजना २९ वर्षका युवक र उनकी नौ महिनाकी छोरीले पनि त्यही दुर्घटनामा परेर ज्यान गुमाएका यहाँको स्थानीय प्रहरीले जानकारी दिएको छ ।यो सडक दुर्घटना भएको र दुइ ओटा भ्यान एक आपसमा जुधेका ती प्रहरी अधिकारीले जानाकारी गराएका छन् । दुर्घटनाको बारेमा अनुसन्धान थालिएको पनि ती प्रहरीले जानकारी दिएका छन् । (रासस÷सिन्ह्वा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर