काठमाडौं :
अभिनेता राजेश हमाल ‘ पछिल्लो समय चर्चामा छन् । उनी चर्चामा हुनुको कारण हो ५० लाख रुपैयाँ पारिश्रमिक दिएर बाउको रोलको अफर गर्दा पनि अस्विकार गर्नु ।बुधबार टीभी रियालिटी शो ‘मेरो डान्स कप यूएसए’ सिजन ४ को अतिथि बनेर पुगेका उनलाई ‘छड्के २’मा ५० लाख रुपैयाँ पारिश्रमिक प्रस्ताव गर्दा पनि नमाने प्रश्न गर्दा उनले भने ‘बाबु त हुन्छु तर म बाआमाको बाबु हुन्छु । छोराछोरीको होइन । के यो बाउ हुने उमेर हो रु’ यसो भनेर रहदा उपस्ति हरु हाँसेका थिए ।
भूमिका यो त्यो भन्दा पनि भूमिका राम्रो छ, सशक्त छ । सेन्ट्रल क्यारेक्टर छ । त्यसले चलचित्रमा गहन भूमिका निर्वाह गर्ने मौका पाएको छ भनेपछि त कलाकारले जुन भूमिका पनि त गर्छ नि । त्यसको सशक्तता हुनुपर्यो नि ’ उनले भने ।
त्यस्तै उनले फरक प्रसंगमा भुवन केसीलाईबधाइ दिँदै चलचित्र विकास बोर्डको अध्यक्षको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न सुझाब समेत दिएका थिए ।अग्रजदेखि अनुज पुस्तासम्मका सबै कलाकारले भुवनलाई बधाई तथा शुभकामना दिँदा हमालले भने दिएका थिएनन्।
भुवन चलचित्र बोर्ड अध्यक्ष भएको एक साता भन्दा लामो समय बितेपछि हमालले केसीलाई बल्ल सुझावसहित बधाई दिएका छन्।लगभग एकै समय अभिनय क्षेत्रमा आएर स्थापित यी दुई अभिनेताबीच एक समय बोलचाल समेत बन्द भएको थियो। अग्रजदेखि अनुज पुस्तासम्मका सबै कलाकारले भुवनलाई बधाई तथा शुभकामना दिँदा हमालले भने दिएका थिएनन्।