आफ्नो पार्टी ताइवान र सिंगो एसिया क्षेत्रमा हुने शान्तिविरोधी गतिविधिको विपक्षमा रहेको भन्दै पेलोसीको ताइवान भ्रमणप्रति नेता खनालले जनाए आपत्ती
काठमाडौं १८ साउन । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अमेरिकी संसदकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणप्रति आपत्ति जनाएका छन् ।
ताइवान चीनको अभिन्न अंग भएकाले चीनले हस्तक्षेप गर्न नमिल्ने भन्दै आज बुधबार नेता खनालले एक विज्ञप्ती निकालेका छन् ।
‘चीनसँग कुटनीतिक सम्बन्ध स्थापना गरेका सबै देशले स्वीकार गरेका छन् कि ताइवान चीनको अभिन्न अंग हो, यस्तो परिस्थितिमा न्यानी पेलोसीको भ्रमण एक चीन नीतिको विपरीत भएको नेता खनालले विज्ञप्तीमा जारी गरेका छन् ।
आफ्नो पार्टी ताइवान र सिंगो एसिया क्षेत्रमा हुने शान्तिविरोधी गतिविधिको विपक्षमा रहेको बताएका उनले चीनको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने अधिकार अर्को देशलाई नहुने पनि खनालले बताए ।
अमेरिकी नेभी र एयरफोर्सका २४ वटा फाइटर विमानको सुरक्षासहित उनी ताइपेइ पुगेकी थिइन् ।
नेता खनालले जारी गरेको विज्ञप्ति यस्तो भनिएको छ;