काठमाडौं १८ साउन । मधेश प्रदेश सरकारले सञ्चालन गरेको बेटी पढाऔं, बेटी बचाऔं कार्यक्रममा भ्रष्टाचार भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निष्कर्षले निकालेको छ ।
साइकल खरिदका क्रममा भ्रष्टाचार भएको निष्कर्ष निकालेको अख्तियारले यस विषयमा मुद्दा दायर गर्ने निर्णय गरेको समेत गरेको छ ।
अहिले विशेष अदालतमा आरोपपत्रको मस्यौदा रुजु गर्ने क्रम चलिरहेको अख्तियार स्रोतले बताएको छ ।
साथै, अख्तियारले प्रमुख सचिव सहित केही सरकारी कर्मचारी विरुद्ध समेत भ्रष्टाचारमुद्दा दायर गर्ने भएको छ ।