काठमाडौं १८ साउन । सत्तारुढ दलका शीर्ष नेताहरु आगामी मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचन गर्न सहमत भएका छन् ।
आज बुधबार बालुवाटारमा बसेको सत्तारुढ पाँचदलीय गठबन्धनको बैठकमा नेताहरु मंसिर ४ गते निर्वाचन गर्न सहमत भएका हुन् ।
यता निर्वाचन आयोगले भने मंसिर २ गतेको लागि चुनाव गर्न परामर्श दिएको थियो । अब निवार्चनको मितिको घोषणा भने भोली बिहिबार बस्ने मन्त्रिपरिषद् बैठकले गर्ने भएको छ ।
चुनाव घोषणापछि पनि संसद कायमै रहने या नरहने भन्ने विषयमा भने निणर्य भइनसकेको बताइएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाका ज्योतीषले पनि मंसिर ४ गते निर्वाचन गर्न उत्तम साइत भएको बताएका थिए ।