हिमालय एयरलाइन्सको हवाईजहाजले सोमबार विहानैदेखि त्रिभुवन विमानस्थलमा निरन्तर किन उड्दै ल्याण्ड गर्दै गर्यो ? — OSNepal

हिमालय एयरलाइन्सको हवाईजहाजले सोमबार विहानैदेखि त्रिभुवन विमानस्थलमा निरन्तर किन उड्दै ल्याण्ड गर्दै गर्यो ?

LC (KTM) June 21, 2021 0

हिमालय एयरलाइन्सको हवाईजहाजले सोमबार विहानैदेखि त्रिभुवन विमानस्थलमा निरन्तर किन उड्दै ल्याण्ड गर्दै गर्यो ? , कतै अप्ठ्यारोमा परेर त होइन ? दृश्यले खिच्यो सर्वसाधारणको ध्यान

काठमाडौं । सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अचम्मको दृश्य देखिएको छ । सोमबार विमानस्थलमा एउटा हवाईजहाज छिनमै उड्ने र छिनमै बस्ने गरेको दृश्य देखेर सर्वसाधारण दंग गरेका छन् ।

नेपालको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीका अनुसार उक्त दृश्यमा विमान अप्ठ्यारोमा परेको नभई पाइलटले हवाईजहाज उडाउने अभ्यास गरिरहेका हुन् ।

आकाश खालि भएको मौकामा हिमालय एयरलाइन्सले आफ्ना पाइलटलाई हवाईजहाज उडाउने अभ्यास गराएको महाप्रवन्धक तिवारीले बताए । हिमालय एयरलाइन्सको हवाईजहाजले आकाशमा फन्को मारिरहेको देख्दा सर्वसाधारणलाई अनौठो लाग्ने यो दृष्यले धेरैको ध्यान भने खिचेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर