यु २० साफ च्याम्पियनसिपः बंगलादेशसँग रोकिएसँगै नेपालले भारतको नतिजा कुर्नुपर्ने — OSNepal

यु २० साफ च्याम्पियनसिपः बंगलादेशसँग रोकिएसँगै नेपालले भारतको नतिजा कुर्नुपर्ने

LC (KTM) August 02, 2022 0

काठमाडौं, १७ साउन –

समूह चरणको आफ्नो अन्तिम खेलमा बंगलादेशसँग १–१ गोलको बराबरीमा रोकिएसँगै साफ यु २० च्याम्पियनसिपको फाइनल प्रवेशका लागि नेपालले भारतको खेल कुर्नपर्ने भएको छ ।भारतको भुवनेश्वर स्थित कालिङ्गा रंगशालामा भएको खेलमा बराबरी खेलेसँगै बंगलादेश भने फाइनलमा स्थान सुरक्षित गरेको छ । अब, नेपाल र भारत मध्य एक टोली फाइनल पुग्नेछन् ।

समूह चरणको अन्तिम खेलमा आज साझ सवा ७ बजे भारत र माल्दिभ्स भिड्दै छन् । जुन खेलमा भारत पराजित भए नेपाल फाइनल पुग्नेछ । यदि भारतको जित या बराबरले भने भारत नै लगातार फाइनलमा स्थान बनाउनेछ ।

मंगलबार बंगलादेशका लागि अहमद नोभाले खेलको ६४औं मिनेटमा अग्रता दिलाए । नेपालका वैकल्पिक खेलाडी निराजन मल्लले खेलको ६८औं मिनेटमा उत्कृष्ट गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।यस अघि खेलको दोस्रो हाफमा मैदानमै हात हालाहालको अवस्था सृजना भएपछि नेपालका दुई र बंगलादेशका एक खेलाडीले रातो कार्डको सामना गरेका थिए ।

नेपालमा दिपेश गुरुङले सिधै रातो कार्ड पाएका थिए । यस्तै बेन्च खेलाडी रोहित सुब्बाले रातो कार्ड पाएका थिए । बंगलादेशका बाहिदुल इस्लामले दोहोरो पहँेलो कार्डको सामना गरेका थिए । यस अघि प्रशिक्षक मेघराज केसीको प्रशिक्षणमा नेपालले माल्दिभ्सलाई ४–० र श्रीलंकालाई ३–० ले पराजित गरेको थियो । तेस्रो खेलमा भने नेपाल भारतसँग ८–० ले पराजित भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर