काठमाडौं । अभिनेता, गायक तथा निर्माता यशकुमारले फिल्म ‘बाटोमुनिको फूल ३’को छायांकन अमेरिकामा गर्ने भएका छन् । फिल्मलाई गायक यस आफैले निर्देशन गर्ने बताइएको छ ।
फिल्ममा कलाकार पनि नयाँ नै हुने र तेस्रो सिक्वेलको सम्बन्ध अघिल्ला दुईवटासँग नहुने बताइएको छ ।
यसपटक अमेरिकाको क्यालिफोर्नियाको कथावस्तुलाई फिल्ममा समेटिने भएको छ । ‘यसपटक डायस्पोराको मुद्दालाई फिल्ममा समेटे पनि कथावस्तु चाहिं नेपाली नै हुने बताइएको छ । जातीय विभेद र प्रेमकथामा आधारित ‘बाटोमुनिका फूल’ले घरेलु बक्स अफिसमा राम्रो कमाइ गरेका छन् ।
यसैबीच, पल शाहलाई मुख्य भूमिकामा लिएर बनाउन लागिएको भनिएको फिल्म ‘ए मन मुटुजस्तै भन’ चाहिं अनिश्चित बनेको छ ।