नारायणी नदीमा पानीको सतह बढ्न थालेपछि भारतले खोलिदियो गण्डक बाँधका सबै ढोका, ४० बढी गाउँ डुबानको जोखिममा — OSNepal

नारायणी नदीमा पानीको सतह बढ्न थालेपछि भारतले खोलिदियो गण्डक बाँधका सबै ढोका, ४० बढी गाउँ डुबानको जोखिममा

LC (KTM) August 02, 2022 0

बुटवल :

भारतले गण्डक बाँधको सबै ढोका खोलिदिँदा पूर्वी र पश्चिम नवलपरासीका ४० बढी गाउँ डुबानको जोखिममा परेका छन् । दुई दिनको लगातारको वर्षापछि भारतले पूर्वी नवलपरासीको त्रिवेणी ब्यारेजस्थित गण्डक बाँधका सबै ३६ वटै ढोका खोलिदिएको छ । भारतले ढोका खोलेसँगै नेपालका वस्ती डुबानको जोखिममा पर्ने गर्दछन् ।

नारायणी नदीमा पानीको सतह खतरा नजिक पुगेपछि खतरा बढ्न सक्ने भन्दै भारतले ढोका खोलेको हो । पानीको सतह बढेर खतरा बढ्न थालेपछि भारतले यसरी नै ढोका खोलिदिने गरेको छ । पानीको सतह ३ लाख ६७ हजार क्‍युसेक पुगेपछि खतरा मानिन्छ ।

अहिले २ लाख ९७ हजार प्रतिसेकेण्डको बेगले पानी बगेको छ ।पानीको सतह बढ्न थालेपछि तटीय क्षेत्रका वासिन्दालाई उच्च सर्तकता अपनाउन आग्रह गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर