खुकुलो बनाइएको निषेधाज्ञामा के के खोल्न पाइने ? के खोल्न नपाइने ? हेर्नुहोस् सूचि सहित — OSNepal

खुकुलो बनाइएको निषेधाज्ञामा के के खोल्न पाइने ? के खोल्न नपाइने ? हेर्नुहोस् सूचि सहित

LC (KTM) June 21, 2021 0

काठमाडौँ । सरकारले कोरोना संक्रणम रोकथाम तथा नियन्त्रण गर्न गरेको निषेधाज्ञालाई खुकुलो बनाउँदै कपडा जुत्ता चप्पल पसल देखि सुनचाँदी पसल सम्म खोल्न पाइने निर्णय गरेको छ । आइतबार काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बसेको संयुक्त बैठकले निषेधाज्ञालाई खुकुलो बनाउँदै बार अनुसार व्यापारिक पसलहरु खोल्न पाइने निर्णय गरेको हो ।

निषेधाज्ञालाई एक साता थप गरी १४ असार सम्म पु(याएको छ । कोरोना संक्रणम रोकथाम तथा नियन्त्रण गर्न सरकारले १६ बैशाख देखि निरन्तर निषेधाज्ञा गर्दै आएको छ । पछिल्लो समय कोरोना भाइरस संक्रमण कम हुँदै गएपछि निषेधाज्ञालाई खुकुलो बनाउदै आर्थिक कारोबार गर्ने व्यापारीक पसलहरु खोल्दै गएको छ । यसअघि सरकारले अत्यावश्यक सामग्रीका पसलहरु मात्र खुला गर्न दिएको थियो । राजधानि दैनिकमा खबर छ ।

अघिल्लो साता देखि सरकारले निषेधाज्ञालाई खुकुलो बनाउँदै लगेको छ । कोरोना संक्रमितको संख्या कम हुँदै गएपछि सरकारले निषेधाज्ञालाई पनि खुकुलो बनाउँदै लगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौका अनुसार निषेधाज्ञाको अवधिमा आइतबार, मंगलबार र बिहीबार सुनचाँदी, भाँडा भान्साजन्य विद्युतीय धरायसी सामग्री, अटोमोबाइल शोरुम, अटोमोबाइल पार्टस, इलेक्ट्रोनिक पसलहरु खोल्न पाइने निर्णय गरेको छ । बिहान ११ बजे देखि दिउसो ४ बजे सम्म खुला गर्न पाइने छ ।

सोमबार, बुधबार र शुक्रबार डिपार्टमेन्ट स्टोर सपिङ्ग मल र खेलकुद सामग्री पसल, कपडा, जुत्ता फेन्सी, कस्मेटिक, साडी, गिफ्ट आइटम, टेलिरिङ्ग पसलहरु खोल्न पाइने निर्णय गरेको छ । पसल बिहान ११ बजेदेखि दिउसो ४ बजेसम्म खोल्न पाइने छ ।

खाद्यान्न तरकारी, फलफूल दुध, दुधजन्य, माछा, मासु पसलहरु भने जिल्ला प्रशासन कार्यालयको अघिल्लो निर्णय अनुसार नै बिहान ११ सम्म खोल्न पाइनेछ । निर्माण सामग्रीका पसलहरु पनि बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म खोल्न पाइनेछ । नीजि सवारी कार, जीप भ्यानमा चार जनामात्रै यात्रु राख्न पाइने निर्णय गरेको छ । यसैगरी ट्याक्सीमा भने तीन जना यात्रु राख्न पाइनेछ ।

अत्याश्वयक वस्तुहरुको अनलाईन तथा टेक अवे सेवा होम डेलिभरी प्रयोजनका लागि काठमाडौँ उपत्यका भित्र मात्र साँझ ७ बजेसम्म सञ्चालन गर्न पाइने छ । विकास निर्माणजन्य सामग्रीका पसल छड, सिमेन्ट, बिजुलीका सामान, स्यानिटरी, हाईवेयर पसलहरु दिउँसो ४ बजे पछि खोल्न पाइने काठमाडौँ जिल्ला प्रशासन कार्यालयले जनाएको छ । यसभन्दा अघि बिहान ९ बजे सम्म मात्र खोल्न दिएको थियो ।

निर्माण सामग्री ढुवानीका लागि सवारी साधन राती ९ बजे देखि विहान ५ बजे सम्म मात्र गर्न पाइने छ । तरकारी फलपूmल, खाद्यान्न दुध, डेरी, मासु, खानेपानी, ग्यास पसलहरु, किराना पसल , डिपार्टमेन्टल स्टोर सवारी साधन मर्मतका लागि वर्कशपहरुले सामग्री किन बेच्ने गर्दा कम्तिमा २ मिटरको भौतिक दुरी कायम गर्नु पर्ने छ । यसैगरी अनिवार्य रुपमा स्यानिटाइजर व्यवस्था गर्ने र स्वास्थ्य मापदण्ड पालना गर्नु पर्ने छ । यदि तोके बमोजिम स्वास्थ्य मापदण्ड परिपालना नगरेको अनुगमनको क्रममा भेटिएमा पसल बन्द गराउन सकिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

काठमाडौँ जिल्ला प्रशासनका अनुसार सवारी साधन मर्मतका लागि वर्कसपहरु राती ९ बजे सम्म सञ्चालन गर्न पाइने छ । तोकिएको तरकारी बजार बाहेक अन्य सार्वजनिक स्थल बाटोमा तरकारी तथा फलफुल बिक्री वितरण गर्न पाइने छैन । औषधी तथा स्वास्थ्य सामाग्री सम्बन्धी पसल जुनसुकै समय निर्वाध रुपमा सञ्चालन गर्न पाइने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर