आज पनि भारी वर्षाको सम्भावना, सर्तक रहन आग्रह — OSNepal

आज पनि भारी वर्षाको सम्भावना, सर्तक रहन आग्रह

LC (KTM) June 21, 2021 0

काठमाडौं, असार ७- आज ९सोमबार० पनि देशका धेरै स्थानमा वर्षा हुने सम्भावना रहेको छ । जल तथा मौसम पुर्वानुमान महाशाखाका अनुसार तीनवटा प्रदेशमा भारी तथा एउटा प्रदेशमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ । साथै यस क्रममा प्रदेश १, प्रदेश २ र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित भारी वर्षा तथा प्रदेश १ का एक दुइ स्थानमा धेरै भारी वर्षा हुने सम्भावना पनि छ।

यस्तै राति पनि देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश नम्बर १, बागमती, र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघगर्जनरचट्टयाङसहित भारी वर्षाको सम्भावना छ।

अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै प्रदेश १, प्रदेश २, लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित भारी वर्षा र प्रदेश १ का एक दुइ स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेकाले उक्त प्रदेशका पहाडी भूभागमा पहिरो खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सर्तक रहन महाशाखाले आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर