काठमाडौँ ७ असार । नेपाली कांग्रेसको १४ औँ महाधिवशेनको चहलपहल चितवनमा बढेको छ । यही भदौ १६ देखि १९ गते सम्म महाधिवेशनको समय निधार्रण गरेपछि यति बेला देशभर महाधिवेशनको रौनक बढेको हो । । महाधिवेशनको समय नजिकिदै गर्दा सभापतिको उम्मेदवारको लागि पनि नेताहरुे आ आफ्नो दावी गर्दै आएका छन् । चितवन जिल्लाको लागि मात्र सभापति उम्मेदवारको लागि ८ आठ जनाले दावी गरिसकेका छन् ।
अहिलेको जिल्ला सभापतिले केन्द्रीय सदस्यमा आफु उम्मेदवार बन्ने बताएपछि अन्य नेताहरुले जिल्ला सभापतिमा दावी गरेका हुन् । उम्मेरवारमा दावी गर्नेमा उपसभापति कैलाश कोइराला , सचिव उत्तम जोशी ,पूर्वसांसद एवं तत्कालीन भरतपुर नगरपालिकाका उपप्रमुख वरिष्ठ अधिवक्ता जगन्नाथ पौडेल, नेपाल विद्यार्थी सङ्घका जिल्ला पूर्वअध्यक्ष एवं कृषि तथा वन विज्ञान विश्वविद्यालयका संस्थापक रजिष्ट्रार प्रा डा सूर्यकान्त घिमिरे , प्रदेशसभा सदस्य मिलनबाबु श्रेष्ठ,चितवन क्षेत्र नं १ का महासमिति सदस्य राजेन्द्र बुर्लाकोटी, क्षेत्र नं २ का राजेश्वर खनाल र क्षेत्र नं ३ का विजय भुषाल रहेका छन् ।
कोरोनाको यो महामारीमा पनि आ आफ्नो पक्षमा तान्न चुनावी प्रसार गर्न लागि सकेका छन् । जिल्लाभर १० हजार ८०७ जना नयाँ क्रियाशील सदस्य थपिएसँगै क्रियाशील सदस्य संख्या २७ हजार ८५५ पुगेको छ ।