काठमाडौं :
कमेडी श्रृङ्खला ‘कमेडी हब’ मा भगवान शिवको अपमान गरेको भन्दै गायक संजय श्रेष्ठले श्रृङ्खला बन्द गर्न माग गरेका छन् । भगवान शिवलाई मजाकको पात्रको रुपमा प्रस्तुत भएको क्लिप सार्वजनिक गरेपछि गायक श्रेष्ठको यस्तो भनाइ बाहिर आएको हो ।
उनले सामाविक संजालमा एक स्टाटट लेख्दै उनले आक्रोश पोखेका हुन् । उनले लेखेका छन् ।हामी सनातन धर्म मान्नेहरुका आराध्यदेव भगवान शिवलाई मजाकको पात्र बनाइएको कमेडीको श्रृङ्खला प्रशारण नगरियोस् र तत्काल यस कार्यक्रमका सम्बन्धितहरुले यो धृष्टताको लागि सार्वजनिक रुपमा माफी मागोस्’ ।
‘हामी हिन्दु धर्म मान्ने करोडौं नेपालीहरुको आस्था भगवान शिवलाई मजाकको पात्र बनाएर ‘कमेडी हब’ नाममा उच्छृङ्खलता पस्किने यस्तो नाजायज हिम्मत कसरी गरिन्छ र गरिएको छ ?हिम्मत छ कुनै अरु धर्म र उनीहरुको देव देवीहरूलाई यसरी मजाकको पात्र बनाउने ?’ श्रेष्ठले थपेका छन्, ‘९० प्रतिशत हिन्दु भएको यो देशमा यसरी भगवान शिवलाई मजाकको पात्रको रुपमा प्रस्तुत गर्दा पनि खै कहाँ छन शिव सेना र विश्व हिन्दु परिषद ?’ उनले लेखेका छन् ।
त्यस्तै उनले सञ्चार मन्त्रालय, गृह मन्त्रालय तथा संस्कृति मन्त्रालयले पनि यो धार्मिक आस्था माथिको प्रहारको लागि छानबिन बताएका छन् ।हाँस्य कलाकार केदारप्रसाद घिमिरे ‘माग्ने बुढा’ ले निर्देशन गरेको कार्यक्रम उक्त कार्यक्रम एपी १ च्यानलमा ८ बजे राति प्रसारण भइरहेको छ ।
युट्युबमा भने राति ९ बजे ‘डिया हब अफिसियल च्यानल’ मार्फत् सार्वजनिक भएको छ। कार्यक्रमा केदार घिमिरे माग्ने बुढा पात्रकै रूपमा देखिएका छन्। कमेडी मा माग्ने बाहेक राजा राजेन्द्र, कमेडी च्याम्पियन सिजन १ का विजेता हिमेश पन्त, कमेडियनहरू खड्गबहादुर पुन मगर (खबपु), चन्चल मगर, सुबोध गौतम, प्रभात लामा, दिलिप तामाङ (हुर्हुर), बेदना राई, सिता न्यौपाने, जानुका पौड्याल ९प्याकुली०, राधिका कँडेल, दिपेन्द्र प्रसाईं, राजेन्द्र नेपाली I)(लट्टे)(I, कल्पना खतिवडा, नारिया गिरी, अनिल राई, संगम राई र दिपेश घिमिरेले कमेडि देखाउने छन ।