खोटाङको हलेसी केन्द्रबिन्दु भएर ६ म्याग्नेच्युडको भूकम्पको धक्का, क्षतिको विवरण आँउन बाँकी — OSNepal

खोटाङको हलेसी केन्द्रबिन्दु भएर ६ म्याग्नेच्युडको भूकम्पको धक्का, क्षतिको विवरण आँउन बाँकी

LC (KTM) July 31, 2022 0

काठमाडौं ।:

खोटाङ केन्द्रविन्दु बनाएर ६ म्याग्नेच्युडको भूकम्प गएको छ ।आइतबार बिहान ८ बजेर १३ मिनेट जाँदा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार खोटाङको हलेसी आसपासलाई केन्द्रविन्दु बनाएर ६ म्याग्नेच्युडको भूकम्प गएको हो ।केन्द्रबिन्दु खोटाङ भएता पनि भूकम्पको धक्का काठमाडौं उपत्यका र आसपासका जिल्लामा समेत परेको थियो ।

६ म्याग्नेच्युडको भूकम्प गएका कारण स्थानीयहरु घरबाहिर निस्किएका थिए भने क्षतिको विवरण आइसकेको छैन ।

यो पनि : चिनियाँ रकेटको भग्नावशेष हिन्द र प्रशान्त महासागरमा खसेको अमेरिकी र चिनियाँ अधिकारीले जनाएका छन् । यसअघि अन्तरिक्ष विज्ञहरूले चीनको अन्तरिक्ष एजेन्सीमा रकेट अवतरणको सम्भावना रहेको भन्दै लङ मार्च ५ का अधिकांश अवशेष वायुमण्डलमा जलेको बताएका थिए ।

अन्तरिक्ष विज्ञहरूले जनसंख्या भएको क्षेत्रमा रकेट अवतरणको सम्भावना निकै कम रहेको बताएका थिए । प्रशान्त महासागरमा रहेको सुलु सागरलाई पुनः प्रवेश गर्ने स्थानको रूपमा पहिचान गरेका थिए ।
रकेटको कोर स्टेजको अनियन्त्रित फिर्तीले अन्तरिक्ष फोहरको जिम्मेवारीको बारेमा सर्वत्र प्रश्न खडा गरेको छ ।एक ट्वीटमा अमेरिकी अन्तरिक्ष कमाण्डले लङ मार्च ५ हिन्द महासागरमा पुनः प्रवेश गरेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर