पूर्वप्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्यमा क्रमिक सुधार — OSNepal

पूर्वप्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्यमा क्रमिक सुधार

LC (KTM) June 20, 2021 0

काठमाडौँ, ६ असार – पूर्वप्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ । भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा उपचाररत नेकपा (एमाले)का वरिष्ठ नेताका स्वास्थ्यमा सुधार भएको उहाँका स्वकीय सचिव कृष्ण भट्टराईले बताउनुभयो ।

खनालमा ज्वरो आउने, टाउको दुख्ने र खोकी लाग्ने समस्या हटिसकेको छ । उपचारमा अक्सिजनको सपोर्ट राखिएकामा हटाइएको छ ।खनाललाई थप उपचारका लागि यही असार २ गते नयाँ दिल्ली लगिएको थियो ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर