अमेरिकी सहायक मन्त्री डोनाल्डु लुलाई कालो झण्डा देखाउन एयरपोर्ट पुगेका विप्लव कार्यकर्ता एयरपोर्टबाटै पक्राउ — OSNepal

अमेरिकी सहायक मन्त्री डोनाल्डु लुलाई कालो झण्डा देखाउन एयरपोर्ट पुगेका विप्लव कार्यकर्ता एयरपोर्टबाटै पक्राउ

LC (KTM) July 28, 2022 0

काठमाडौं १२ साउन । भारतको नयाँ दिल्ली हुँदै नेपाल आएका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्डु लु लाई नेकपा नेत्र विक्रम चन्द विप्लवका कार्यकर्ताले कालो झण्डा देखाएका छन् ।

आज अपरान्ह त्रिभुवन विमानस्थलमा ओर्लिएका लुको नेपाल आगमनका क्रममा कालो झण्डा देखाउन खोज्ने विप्लवका चार जना कार्यकर्तालाई प्रहरीलै पक्राउ गरेको छ ।

प्रहरीले विरोधमा कालो झण्डा देखाउन पुगेका विप्लव कार्यकर्ता एयरपोर्टबाटै पक्राउ गरेको हो ।

अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता नेपालको सदनबाट पारित गराउन नेपालका नेताहरुलाई टेलिफोनमै धम्की दिएका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्डु लु फेरि दुई दिने भ्रमणको लागि नेपाल आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर