गाँजा र सात लाख भारतिय रकम सहित पाँच जना पक्राउ — OSNepal

गाँजा र सात लाख भारतिय रकम सहित पाँच जना पक्राउ

LC (KTM) June 20, 2021 0

विराटनगर ६ असार । गाँजा तस्करमा संलग्न तीन भारतीय सहित ५ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको समोल पञ्चायत फार्बिजगन्जका सोनुकुमार यादव, अररिया पिर्पाघाट पञ्चायत विशनपुरका जयराम यादव, अररिया नरगथगन्ज सोनापुरका रन्जित भन्ने प्रिन्स विचितर कुमार राई त्यस्तै सुनसरीको देवनगन्ज गाँउपालिका १ का उमेश यादव र धनकुटाको सहिदभुमि गाँउपालिका १ का रुद्र राई रहेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई मोरङ प्रहरीले विराटनगरमा चेक जाँच गर्ने क्रममा ७ लाख १६ हजार ६ र २ हजार भारतीय रुपैयाँ र लुकाई राखेको अवस्थामा १८ केजी गाँजा समेत बरामद बरामत गरेको हो । उक्त नगद रुपैयाँ भने, नेपाली नागरिक प्रिन्स विचितर कुमारको साथबाट बरामत गरेको हो ।

प्रहरीले गाँजा ओसारपसारमा प्रयोग गरिएको को १ च २४१२ नम्बरको मारुती भेन र चालक सुनसरी धरानका सुर्य राइलाई समेत पक्राउ गरेको छ । पक्राउ परेका माथि थप अनुशन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर