काठमाडौँ । नायक सविन श्रेष्ठलाई फिल्म हलमा भन्दा बढी हिजोआज युट्युबमा भ्लग बनाइरहेको देख्न सकिन्छ ।सबिन कहिले म:म: त कहिले चाउमिन लिएर आफ्नी प्रेमिका तथा नायिका अनु शाहको घरमा पुगिरहेको बढी देखिन्छन् । कहिले अनुलाई गाडी सिकाइरहेको भ्लग पोस्ट गर्छन् त कहिले अनुलाई लिएर घुमीरहेको अवस्थाका भिडियोहरु पोस्ट्याउँछन् युट्युबमा ।
उनै भ्लगर हिरोको अभिनय रहेको फिल्म ‘म’सम्म आइपुग्दा उनी खासै सफल अभिनेताका रुपमा चिनिएका छैनन् । रोचक कुरा त के भने सबिनको आवाज फिल्ममा समावेश गरिँदैन । फिल्ममा उनको आवाजमा अन्य कुनै कलाकारले डबिङ गरिरहेका हुन्छन् ।
आफ्नो अवाज फिल्ममा किन नराखिएको भन्ने प्रश्नमा सबिनले पहिलो पटक वास्तविकता खोल्दै आफ्नो ज्यान ठूलो भएपनि आवाज पातलो भएको तर्क गरे ।सविनले आँफुलाई बोल्न लाज लाग्ने बानी र अर्को कुरा आफ्नो आवाज पातलो भएको र क्यारेक्टर अनुसार आवाज नसुहाउने तर्क राखेका छन् ।
आवाजको विषयमा पहिलो पटक बोलेका सबिन जस्तै अन्य धेरै कलाकारहरुको यो समस्यामा अर्कैको आवाज भर्ने गरिएको छ ।