काठमाडौं ।
महानायक राजेश हमाल उमेरले ५८ वर्षमा दौडिरहेका छन् । तर पनि अहिले आएर यो उमेरमा आएर बाबुको भूमिकामा देखिन अस्किार गरेका छन् ।
५० लाख रुपैयाँ पारिश्रमिकको अफर गर्दा पनि राजेशले फिल्म ‘छड्के २’मा बाबुको भूमिकामा अभिनय गर्न अस्विकार गरेका हुन् । राजेशले दयाहाङ राईको बाबु बन्न अस्विकार गरेको बताइन्छ । यद्यपी अर्का लोकप्रिय अभिनेता विपिन कार्कीले भने बिनासर्त ३९ वर्षको उमेरमा बाबुको रोलमा अभिनय गर्न तयार भएको बताइन्छ ।
रामबाबु गुरुङको निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘फूलबारी’मा विपिनले बाबुको रोल गर्न तयार भएको निर्माण यूनिटले जनाउको छ । बाबुको भूमिकामा अभिनय गर्न तयार भएका ३९ वर्षिय अभिनेताले यो आफ्नो करियरकै सबैभन्दा चुनौतीले भरिएको क्षण भएको उल्लेख गरेका छन् ।
फूलबारीमा मुख्य भूमिकामा दयाहाङ राई र विपिन कार्की मात्र फाइनल भएको र अन्य कलाकारहरुको खोजी भइरहेको निर्देशक गुरुगंले जानकारी दिए ।
सन्तान र अभिभावकबीचको सम्बन्धको कथा पेश गर्ने फिल्ममा विपिनले अवकाशप्राप्त स्कुलका प्रिन्सिपलको भूमिका गर्न लागेका हुन् । विपिनले यो चरित्रमा देखिन आफू मनोवैज्ञानिक रुपमै तयार भइसकेको प्रतिक्रिया दिएका छन् ।
उता महानायक हमालले भने बाबुको भूमिका निर्वाह गर्न ‘छड्के २’ मात्र नभएर यसअघिका केही फिल्मबाट आएको अफरलाई पनि अस्किार गर्दै आइरहेका छन् ।