४० हजार घुस रकम सहित आफ्नै कार्यकक्षबाट सव डिभिजन वन कार्यालय प्रमुख पौडेल पक्राउ — OSNepal

४० हजार घुस रकम सहित आफ्नै कार्यकक्षबाट सव डिभिजन वन कार्यालय प्रमुख पौडेल पक्राउ

LC (KTM) June 20, 2021 0

४० हजार घुस रकम सहित आफ्नै कार्यकक्षमबाट सव डिभिजन वन कार्यालय प्रमुख पौडेल पक्राउ
काठमाडौँ ६असार । ४० हजार घुस रकम सहित सब डिभिजन वन कार्यालयका कार्यालय प्रमुख कृष्ण प्रसाद पौडेल पक्राउ परेका छन् ।

निलकन्ठ सव डिभिजन वन कार्यालय, धादिङका सहायक वन अधिकृत आठौँ तह (कार्यालय प्रमुख) पौडेललाई आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टंगालबाट खटिएको टोलीले घुस रकमसहित पक्राउ गरेको हो ।

पौडेलले सेवाग्राहीले फिर्निचर उद्योगमा चिरानको लागि ल्याएको काठको सम्बन्धमा’ अनुसन्धान गर्ने भनी कागजात तयार गनुपर्ने बताएका थिए । तत्पश्चात मुद्दा मिलाउन भए ४० हजार चाहिने बताएका थिए । आफ्नै कार्यकक्षबाट पक्राउ परेका पौडेल माथि थप अनुशन्धान भइरहेको आयोगले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर