संघीय संसदको निर्वाचन मंसिर ४ गते ! — OSNepal

संघीय संसदको निर्वाचन मंसिर ४ गते !

LC (KTM) July 26, 2022 0

काठमाडौं १० साउन । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयूक्त दिनेश थपलियाले संघीय संसदको निर्वाचन आगामी मंसिर ४ गते हुने संकेत गरेका छन् ।

मंगलबार आयोगले पत्रकार सम्मेलन गर्दै थपलियाले आयोगले एकै चरणमा चुनाव सम्पन्न गर्ने गरी मिति सिफारिस गरिसकेको भन्दै मंसिर ४ गते निर्वाचन हुने संकेत गरेका हुन् ।

अब यस विषयमा मन्त्रीपरिषदको अर्को बैठकले मिति तोक्न सक्ने थपलियाले बताए ।

आउँदो क्याबिनेटको बैठकबाट मंसिरको ४ गते निर्वाचन हुने गरी मिति तोकियो भने आश्चर्य नमान्दा हुने थपलियाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर