‘नाइँ नभन्नु ल ६’ मा सात जना बाल कलाकारको अभिनय रहने — OSNepal

‘नाइँ नभन्नु ल ६’ मा सात जना बाल कलाकारको अभिनय रहने

LC (KTM) July 26, 2022 0

काठमाडौं :
नाइँ नभन्नु ल ६ मा सात जना बालकलाकार रहने भएका छन् । टिकटक फेम्ड एभेलिना, निखिल उप्रेती पुत्र अथर्व र आयुष बजगाईं बाहेक अन्य बालकलाकार पनि रहने बताइएको छ ।छैटौं श्रृंखला पनि प्रेमकथामै आधारित रहने बताइएको छ । फिल्मले बालबालिकालाई झगडा गर्न नभइ सानती गर्न र प्रेम गर्न सिकाउने बताइएको छ ।

फिल्मको मुख्य भूमिकामा आँचल शर्मा र डेब्यु ब्वाइ आशिर्वाद बराल फाइनल भइसकेका छन् ।  नाइँ नभन्नु ल’का पाँचै सिक्वेलले घरेलु बक्स अफिस र विदेशमा राम्रो कमाइ गरेका छन् । आगामी भदौ अन्तिमदेखि छायांकन सुरु हुने फिल्मको कास्टको समीकरणले आगामी साता पूर्णता पाउँदैछ ।

आचार्यले सामीप्य तिमल्सिनासँग मिलेर पटकथा लेखिरहेका छन् । अघिल्ला पाँच श्रृंखलामा बालबालिकालाई प्रेम गर्न सिकाएको भनेर आरोप खेपेका आचार्य छैटौं श्रृंखलामा आइपुग्दा यसको बचाउमा उत्रिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर