निषेधाज्ञाको विषयमा थप छलफल गर्न आज तिनै उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दै — OSNepal

निषेधाज्ञाको विषयमा थप छलफल गर्न आज तिनै उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दै

LC (KTM) June 20, 2021 0

काठमाडौँ ६ असार । आज तिनै उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दै छ । गत वैशाख १६ गते देखि जारी निषेधाज्ञाको पछिल्लो पटक थपेको निषेधाज्ञा भोली मध्यरातिबाट सकिनै ाग्दा निषेधाज्ञालाई कसरी खुकुलो बनाउँदै लैजाने भन्ने विषयमा निणर्य गर्न आज साँझ पाँच बजे बैठक बस्न लागेको हो ।

बैठकमा काठमाडौँका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुली, भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराई र ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डी प्रसाद निरौलाको सहभागी हुने भएका छन् ।

असार आठ गतेबाट सवारी साधनमा जोर विजोर प्रणाली लागु गर्ने , सरकाररी कार्यालयमा भिड नहोस् भन्नका लागि साताको दुई दिन बिदा दिने विषयमा पनि निणर्य हुने जनाइएको छ । कुन कुन क्षेत्रलाई कसरी सञ्चालनमा ल्याउने विषयमा आज निणर्य हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर