काठमाडौं । वन तथा वातावरणमन्त्री प्रदीप यादव फिल्म खेल्ने भएका छन् । उनले फिल्म ‘मुस्कान’मा नायकको भूमिकामा अभिनय गर्ने भएका हुन् । पिल्मलाई अभिनेता रमित ढुंगानाले निर्देशन गर्ने भएका छन् । एसिड पीडित किशोरी मुस्कान खातुनको जीवनमा आधारित हुने यो फिल्मको छायांकन साउन अन्तिमदेखि सुरु हुँदैछ ।
फिल्मकै लागी भने रमित अमेरिकाबाट नेपाल आइपुगेर वन तथा वातावरण मन्त्रालय पुगेर मन्त्री यादवलाई भेट गरेका थिए । मन्त्रालय नसम्हाल्दै बन बन्त्री यादबले फिल्म खेल्ने निधो गरेका थिए । मन्त्री यादवले फिल्म छायांकनको लागि तीन दिनको समय छु्ट्टाएको बताइएको छ ।
निर्देशक ढुंगानाले खातुनलाई वास्तविक जीवनमा सहयोग पुर्याउने पात्रलाई समेटेर फिल्म बनाउन लागेका हुन् । ‘वनमन्त्री ज्यूले पनि सघाएकाले उनलाई पनि हिरो बनाउन लागेको रमितले बताए ।