भिरबाट खसेको ढुङ्गाले लागेर नेपाली सेनामा कार्यरत भण्डारीको घटनास्थलमै मृ त्यु — OSNepal

भिरबाट खसेको ढुङ्गाले लागेर नेपाली सेनामा कार्यरत भण्डारीको घटनास्थलमै मृ त्यु

LC (KTM) June 20, 2021 0

मार्तडी, ६ असार – बाजुराको पूर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिका–३ घोटकन्यामा आज कर्णाली करिडोर सडकको माथिबाट खसेको ढुङ्गा लागेर एक पैदलयात्रीको मृ त्यु भएको छ । मृ त्यु हुनेमा नेपाली सेनामा कार्यरत ३८ वर्षीय दिलबहादुर भण्डारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धनदेव साउँदले जानकारी दिनुभयो । हिमाली गाउँपालिकाका–४ रुगिन घर भएका भण्डारीको घटनास्थलमै मृ त्यु भएको उहाँले बताउनुभयो । मृ तक भण्डारीको टाउकामा ढुङ्गा लागेपछि घटनास्थलमा नै मृ त्यु भएको प्रहरीले जनाएको छ ।

घाइते बालिकाको हेलिकप्टरमार्फत उद्धार -प्रतिकूल मौसमले भिरबाट लडेर घाइते भएकी बूढीनन्दा नगरपालिका–१ बस्ने १६ वर्षीया ललिता गिरीको पाँच दिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ । प्रतिकूल मौसमका कारणले चार दिनदेखि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट किशोरीको थप उपचारका लागि काठमाडौँ लग्ने तयारी भए पनि उद्धार हुन नसकेकी बालिकाको आज बिहान मनाङ एयरको हेलिकप्टरमार्फत काठमाडौँ लगिएको प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीले बताउनुभयो ।

आन्तरिक मामिला तथा कानून मन्त्रालय सुदूरपश्चिम प्रदेशले किशोरीलाई उद्धारका लागि हेलिकप्टर पठाएको बताइएको छ । गाउँ नजीकै रहेको रुपासैनी भिरमा घाँस काटिरहेको बेला बुधबार साँझ लडेर ललिता गम्भीर घाइते भएकी हुन् । उनलाई तत्काल आफन्तले बोकेर कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा पुु¥याएका थिए । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर