महाकाली नदीमा आएको बाढीले निमार्ण भइरहेको पुलको बाँध बगायो — OSNepal

महाकाली नदीमा आएको बाढीले निमार्ण भइरहेको पुलको बाँध बगायो

LC (KTM) June 20, 2021 0

धनगढी ६ असार । कञ्चनपुरमा बन्दै गरेको मोटेरेवल पुलको बाँध महाकाली नदीमा आएको बाढीले बगाएको छ । जिल्लाको भिमदत्त नगरपालिका — १२ ओदालीस्थित निमार्ण भइरहेको पुलको करीब ९० मिटर अस्थायी बाँध हिजो राति आएको बाढीले बगाएको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुर जनाए अनुसार महाकाली नदीको बहाब बढेपछि शुक्रबारदेखि नै ड्याम काटिरहेको नदीले हिजो राति ९० मिटर बाँध बगाएको हो ।

तटीय क्षेत्रन जिकै पर्ने दोधारा चाँदनी नगरपालिका-१० को कुतियाकबर, शान्ति टोल र बैदीफाँटाका ८ वटा घरमा नदीको पानी पसेका पुर्ण रुपमा क्षति भएको छ । भने कुतियाकबर, शान्ति टोल र बैदीफाँटाका ७० घर भित्र पानी पसेर आशिंक क्षति भएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर