सप्तरीमा बाख्रा चराउन गएकी नौ वर्षीया बालिकाको वि भत्स ह त्या,अनुसन्धान गर्न कुकुरको प्रयोग गर्दै — OSNepal

सप्तरीमा बाख्रा चराउन गएकी नौ वर्षीया बालिकाको वि भत्स ह त्या,अनुसन्धान गर्न कुकुरको प्रयोग गर्दै

LC (KTM) June 20, 2021 0

सप्तरी- सप्तरीमा नौ वर्षीया बालिकाको आज वि भत्स ह त्या भएको छ । डाक्नेश्वरी नगरपालिका–३ तरही बस्ने रामउदगार यादवकी छोरी शिवानीकुमारी ह त्या गरिएको अवस्थामा फेला परेको तरही गाविसका पूर्व अध्यक्ष शोभानन्द रायले जानकारी दिनुभयो । परिवारका सदस्यका अनुसार शिवानी पाँच वर्षीया बहिनीसँग बाख्रा चराउन घरबाट निक्लेकी थिइन् । सामान्य पानी पर्न थालेपछि बहिनीलाई घर पठाएर हटेल पूर्वी टोलस्थित फूलबारीमा हावाले झारेको आँप टिप्न थालेकी शिवानीको ह त्या भएको स्थानीयवासीले बताएका छन् ।

प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले घटनास्थल पुगेर अनुसन्धान गर्नुभएको छ । अनुसन्धानलाई सघाउन तालिम प्राप्त कुकुर मगाइएको प्रहरी उपरीक्षक धमलाले बताउनुभयो । आसपासका खेतमा धान रोप्ने, हलो जोत्नेहरू रहे पनि कसैले केही थाहा नपाएको बताएका छन् । शव पोष्टमार्टमका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर