गठबन्धनको डम्फू बजाउनु पर्दैन , आगामी निर्वाचनमा पार्टीले समानुपातिक निर्वाचन प्रणालीबाटै २० देखि २५ सिट जित्छ : नेपाल — OSNepal

गठबन्धनको डम्फू बजाउनु पर्दैन , आगामी निर्वाचनमा पार्टीले समानुपातिक निर्वाचन प्रणालीबाटै २० देखि २५ सिट जित्छ : नेपाल

LC (KTM) July 23, 2022 0

काठमाडौं ७ साउन । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनमा आफ्नो पार्टीले समानुपातिक निर्वाचन प्रणालीबाटै २० देखि २५ सिट जित्ने ठोकुवा गरेका छन् ।

शनिबार पार्टी निकट नेपाल तामाङ संघ समाजवादीले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा अध्यक्ष नेपालले यस्तो ठोकुवा गरेका हुन् ।

गएको स्थानीय तह निर्वाचनमा ९ लाख २७ हजार मत आएको बताएका उनले देशभर उम्मेदवारी दिए २० देखि २५ लाख मत ल्याउन सकिने दावस् समेत गरे ।

अब आउँने प्रतिनिधि सभाको निर्वाचनमा २० देखि २५ लाख भोट पाएपछि २० देखि २५ सिट त हामीलाई कसैले पनि रोक्न सक्दैन नि समानुपातिकबाट । भनेपछि हाम्रो पार्टी कमजोर छैन ।’ नेपाले भने ।

नेपालले आगामी निर्वाचनको तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिँदै गठबन्धनको डम्फूमात्र नबजाउन आग्रह समेत गरे ।

अब कति दिन हामीले गठबन्धनको डम्फू बजाएर बस्ने रु अब डम्फू बजाउने होइन । यो पार्टीलाई बलियो बनाउने डम्फु बजाउने । यो पार्टीलाई सुदृढ बनाउने कुरा गर्ने हो’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर