३३५ जनामा कोरोना संक्रमण पुष्टि — OSNepal

३३५ जनामा कोरोना संक्रमण पुष्टि

LC (KTM) July 23, 2022 0

काठमाडौं ७ साउन । नेपालमा पछिल्लो २४ घण्टामा थप ३३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशभर २ हजार ९९६ जनामा गरिएको परिक्षणमा ३३५ जनामा संक्रमण पुष्टि भएको हो ।

जसमा एक हजार ८८ जनाको पिसिआर परिक्षण गर्दा दुई सय १६ जना र एक हजार ९०८ जनाको एन्टिजेन विधिबाट १९ जनामा संक्रमण पुष्टि भएको थियो ।

योसँगै देशभर संक्रिय सक्रमितको संख्या दुई हजार ९७१ जना पुगेको छ । संक्रमणबाट पछिल्लो २४ घण्टामा कसैको मृत्यु भएको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर