आफ्नो बुई चढेर ठूलो पार्टी बन्ने अनि आफुलाई नै बुर्कुसी मार्ने हो कि भन्ने माधव नेपालको डर — OSNepal

आफ्नो बुई चढेर ठूलो पार्टी बन्ने अनि आफुलाई नै बुर्कुसी मार्ने हो कि भन्ने माधव नेपालको डर

LC (KTM) July 23, 2022 0

काठमाडौं ७ साउन । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले गठवन्धन गरेर चुनाव जितेपछि कांग्रेसले अंहकार देखाउन थालेको बताएका छन् ।

शनिबार काठमाडौं आयोजित पार्टीनिकट नेपाल तामाङ संघ समाजवादीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।

इतिहासमा आफुहरुले किर्तिमानी बनाएको दावी गरेका उनले केपी शर्मा ओलीप्रति संकेत दुईतिहाइको फुर्ती देखाएकालाई सडकमा फालिएको बताए ।

‘नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनायौं । निर्वाचन भयो । निर्वाचनमा कम्युनिष्टभन्दा कांग्रेस माथि पुग्यो । चुनाव जितेपछि त्यसले पनि अहंकार देखाउन थाल्यो । अर्को दुःख थपिने हो कि भन्ने चिन्ता छ । हाम्रो बुई चढेर ठूलो पार्टी बन्ने अनि हामीलाई नै बुर्कुसी मार्ने हो कि भन्ने डर छ ।’ नेपालले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर