काठमाडौं ७ साउन । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दलाल पुँजीलाई पोसेर देशमा समाजवाद आउन नसक्ने दावी गरेका छन् ।
शनिबार कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४४ औँ स्मृति दिवसलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् । पुर्व प्रधानमन्त्री समेत रहेका नेपालले दलाल पुँजीलाई पोसेर र प्रोत्साहन दिएर देशको राष्ट्रिय पुँजीको प्रवर्द्धन हुने सम्भव तर्क राखे ।
आफ्नो राजनीतिको केन्द्रबिन्दु देश र जनता भएको बताएका उनले भने , ‘जनीतिमा विकृतिहरू, विसंगति, व्यक्तिवादी प्रवृति देखापरेको छ। भ्रष्ट प्रवृति देखिरहेको छ। दलाल पुँजीलाई पोसेर, प्रोत्साहन दिएर, देशको अर्थतन्त्रमा नोक्शान पुर्याएर देशमा समाजवाद आउने र राष्ट्रिय पुँजीको प्रवर्द्धन हुनेकुरा सम्भव छैन।’
नेपालको राजनीतिमा भ्रष्ट प्रवृत्ति देखा परेकाले बेलैमा सचत हुन आग्रह गरेका उनले देशको अर्थतन्त्रमा नोक्शान पुर्याए देशमा राष्ट्रिय पुँजीको प्रवर्द्धन हुन नसक्ने बताए ।