प्रचण्डले भविष्यवाणी गर्दै भने 'आउँदो चुनावबाट माओवादीले देशको बागडोर फेरि एकपटक आफ्नो हातमा लिन्छ' — OSNepal

प्रचण्डले भविष्यवाणी गर्दै भने ‘आउँदो चुनावबाट माओवादीले देशको बागडोर फेरि एकपटक आफ्नो हातमा लिन्छ’

LC (KTM) July 22, 2022 0

काठमाडौं ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अबको निर्वाचनले देशको नेतृत्व माओवादीले लिने भविष्यवाणी अहिले नै गरेका छन् ।

स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्दा त तेस्रो स्थानमा पुगेको प्रचण्डको पार्टी माओवादीले देशको नेतृत्व लिने कुरा शुक्रबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा उनले दाबी गरेका हुन् ।

प्रचण्डले आगामी संघ र प्रदेशको निर्वाचनबाट माओवादीलाई देशको बागडोरको जिम्मा लिनबाट कसैले रोक्न नसक्ने दावी गर्दै भने नेपालमा माओवादी पुनःस्थापित भएन भने, माओवादी पार्टी बलियो भएन भने संघीय लोकतान्त्रिक गणतन्त्र बलियो हुन सक्दैन ।

नेकपा माओवादी पार्टीकै जोडबलमासंघीय संसदबाट नागरिकतासम्बन्धी विधेयक पारित हुन लागेको बताउँदै प्रचण्डले भने आउँदो चुनावमा माओवादी पार्टीलाई देशको बागडोर फेरि एकपटक आफ्नो हातमा लिन कसैले रोक्ने सक्नेवाला छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर