जारी राप्रपाको केन्द्रीय समिति बैठकमा अध्यक्ष लिङदेनको आलोचना — OSNepal

जारी राप्रपाको केन्द्रीय समिति बैठकमा अध्यक्ष लिङदेनको आलोचना

LC (KTM) July 22, 2022 0

काठमाडौं ६ साउन । बिहिबारबाट जारी राप्रपाको केन्द्रीय समिति बैठक अध्यक्ष राजेन्द्र लिङ्देनको कार्यशैलीमाथि प्रश्न उठेको छ । बैठकमा युवा केन्द्रीय सदस्यहरुले अध्यक्ष लिङ्देनले कार्यकर्तालाई धम्क्याउने तथा कालोसूचीमा राख्ने गरेको भन्दै आलोचना गरेका हुन् ।

अध्यक्षले विधान मिचेर निरंकुश कार्य गरेको आरोप लगाएका उनीहरुले अध्यक्षले विधान मिचेर केन्द्रीय सचिवालय गठन गरेको, हालसम्म पनि संसदीय समिति र निर्देशन समिति गठन नगरेको, विधान विपरीत केन्द्रीय सदस्यहरु मनोनयन आरोप लगाएका हुन् ।

महाधिवेशन भएको आठ महिना सम्म पनि महाधिवेशनले पास गरेको कार्यपत्रहरु कार्यकर्तालाई उपलव्ध गराउन नसक्नु एक व्यक्ति एक पदको सिद्धान्त विपरित काम गरेको भन्दै बैठकमा युवा केन्द्रीय सदस्यहरुले अध्यक्ष लिङदेनप्रति आक्रोश पोखेका हुन् ।

साथै, उनीहरुले सक्रिय सदस्यसम्म नभएको व्यक्तिलाई जथाभावी मनोनयन गरिएको प्रति पनि आक्रोश पोखेका छन् ।

बैठकमा केन्द्रीय सदस्यहरु ध्रुव रायमाझी, देवु पराजुली, रामराज कोइराला, प्रविण थोकर, किशोर कार्की, मोनिका श्रेष्ठ, सावित्रा क्षेत्री, हिक्मत सिं कार्की, भरत पाठक, जगत गौचन,निरन्जन थापा, सुर्यबहादुर सिंह लगायतले अध्यक्ष लिङदेनको कार्यशैली प्रति आपत्ती जनाएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर