नेपाली गोर्खा सैनिकलाई नेपाल र बेलायत दुवै देशको नागरिकता प्राप्त गर्ने सुविधा दिनुपर्छ : एमाले नेता दाहाल — OSNepal

नेपाली गोर्खा सैनिकलाई नेपाल र बेलायत दुवै देशको नागरिकता प्राप्त गर्ने सुविधा दिनुपर्छ : एमाले नेता दाहाल

LC (KTM) July 22, 2022 0

काठमाडौं ६ साउन । नेकपा एमालेका सांसद कृष्णप्रसाद दाहालले बेलायतमा रहेका नेपाली गोर्खा सैनिकलाई नेपाली नागरिकता प्राप्त गर्ने सुविधा दिनुपर्ने तर्क राखेका छन् ।

नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथिको दफाबार छलफल क्रममा संसद बैठकमा सहभागी भएका नेता दाहालले यस्तोे प्रतिक्रिया दिएका हुन् ।

नेपाली गोर्खा सैनिकलाई नेपाल र बेलायत दुवै देशको नागरिकता प्राप्त गर्ने सुविधा दिनुपर्ने तर्क राखेका उनले नेपाल र बेलायतबीच भएको सन्धी अनुसार गोर्खा सेनाहरूको हकमा माथि उल्लेखित दफाहरू लागू नहुने जिकिर समेत गरे ।

विदेशी नागरिकसँग विवाह गरी नेपालमै बसोबास गर्ने नेपाली महिलाहरुको श्रीमानलाई १५ वर्षभन्दा बढी नेपाली महिलासँग विवाह गरी नेपालमै बसोवास गरे सम्बन्धित देशको नागरिकता त्यागेको स्वघोषणा गरेमा नीजलाई अंगिकृत नागरिकता दिन आवश्यक रहेको
समेत उनले बताए ।

‘२०७२ साल असोज ३ गतेभन्दा अघि जन्मको आधारमा नागरिकता प्राप्त गरेका एउटै बाबु, आमाको सन्तान उमेरका कारणले त्यस बेला नागरिकता प्राप्त गर्न नसकेका र हाल उमेर पूरा भएका बाँकी भाइ, बहिनीहरुलाई दाजु वा दिदीहरु जसरी नागरिकता प्राप्त गर्नेछन्,’ उनले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर