उपत्यकामा यस्ता व्यवसाय चलाउन दिने तयारी — OSNepal

उपत्यकामा यस्ता व्यवसाय चलाउन दिने तयारी

LC (KTM) June 20, 2021 0

काठमाडौँ उपत्यकामा उच्च दरमा फैलिएको सङ्क्रमण बिस्तारै न्यून हुँदै गइरहेको छ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३३७ जना मात्र सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौँमा २०१, भक्तपुर मा ४४ र ललितपुरमा ९२ जना गरी कुल ३३७ जनामा कोरोना सङ्क्रमण भएको हो ।

अघिल्लो दिन उपत्यकामा ५०८ जनामा सङ्क्रमण भएको थियो । निषेधाज्ञापछि पनि उच्च हुँदै गएको उपत्यकाको सङ्क्रमण केही दिनयता भने निरन्तर ओरालो लागिरहेको छ । देशभर दैनिक नौ हजारभन्दा माथि सङ्क्रमण हुँदा उपत्यकामा पनि तीन हजारभन्दा माथि पुग्ने गरेको थियो । उपत्यकासँगै देशभर पनि सङ्क्रमण दर न्यून हुँदै गएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

त्यस्तै काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप गरी पेशा, व्यावसाय चलाउन दिने विषयमा छलफल भएको छ । काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले जारी निषेधाज्ञा सात देखि दश दिनसम्म थप्ने विषयमा छलफल गरेका छन् ।

यसै गरि अवको थप निषेधाज्ञामा फेन्सी,भाडा लगायत भीडभाड् नहुँने व्यवसाय चलाउन दिने तयारी भएको जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिए । यसै गरि निजी सवारी साधनलाई जोर विजोर प्रणालीमा चलाउन दिने विषयमा पनि छलफल भएको उहाँले जानकारी दिए । सार्वजनिक सवारी साधन भने अवको थप निषेधाज्ञामा चल्न पाउने छैनन् । भोलि बस्ने वैठकले यस विषयमा निर्णय गर्ने समेत प्रजिअ निरौलाले बताए ।

स्मार्ट लकडाउन भन्ने कुरा मिडियाबाट थाहा पाएको भन्दै उहाँले यो बारेमा आफूलाई जानकारी नभएको समेत उनले बताए । किराना पसल, डिपार्टमेन्टल स्टोर, तरकारी, फलफूल, दूध, मासु र ग्यासका पसल बिहान समय तोकेर खोल्न यस अघि दिइएको छ । यसै गरि सवारी साधन मर्मतका लागि वर्कशपहरु स्वास्थ्यका मापदण्ड अपनाएर खोल्न दिइएको छ ।गोरखापत्र दैनिकमा यो खबर छ ।

निजी तथा सार्वजनिक निर्माणकाे क्षेत्रमा काम गर्न यस अघि खुला गरिएको थियो । पछिल्लोपटक थप गरिएको निषेधाज्ञाको अवधि यही असार ७ गते पछि सकिँदैछ भने उपत्यकामा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा लागु गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर