काठमाडौं । फिल्म ‘छड्के २’का प्रमुख कलाकारमा रविन तामाङ, कमलमणि नेपाल र सिर्जना सुब्बा पनि जोडिएका छन् । फिल्ममा नया कलाकार जोडिएपनि परिचय भने खुलाइएको छैन् ।
फिल्ममा अनमोलले ५० लाख रुपैयाँ पारिश्रमिकसहित अनुबन्धित भइसकेका छन् ।मुख्य पात्रको ‘बा’को भूमिकामा हमाललाई ५० लाख रुपैयाँ पारिश्रमिक सहित प्रस्ताव गरिएपनि उनले नखेलेको बताइएको छ ।
विपिन कार्कीलाई पनि प्रस्ताव गरिए पनि उनले रचनात्मक असमझदारी भन्दै नमानेकोबताइएको छ । साउन २५ गतेदेखि मनाङ र नारायणगढमा छायांकन हुने फिल्मलाई निगम श्रेष्ठले निर्देशन गर्दैछन् ।
साढे चार करोड रुपैयाँ बजेट बताइएको फिल्ममा प्रशान्त, निगम र लक्ष्मण काफ्ले निर्माता छन् ।यसैबीच, फिल्ममा भिटेनले गीत गाउने भएका छन् ।