काठमाडौं :
करण जोहरले नयाँ फिल्म बनाउने भएका छन् । उनले धर्मा प्रोडक्सनबाट एक्सन फिल्म ‘स्क्रु ढिला बनाउने भएका छन् । फिल्ममा पुष्पा’ फेम्ड अभिनेत्री रश्मिका मन्दाना र टाइगर श्राफले अभिनय गनेृ भएका छन् ।
‘स्टुडेन्ट अफ दी इयर’पछि टाइगर श्राफ धर्मा प्रोडक्सनका लागि निर्माता करण जोहरसँग दोस्रोपटक सहकार्य र्गन् लागेका हुन् । यो फिल्म दुल्हनियाँ सिरिज फेम्ड निर्देशक शशांक खेतानले निर्देशन गर्दैछन् ।
यो विशुद्ध शशांक खेतान शैलीको फिल्म हुने बताइएको छ । युरोपदेखि छायांकन सुरु हुने फिल्मलाई भारतमा समेत खिचिने भएको छ । आगामी अक्टोबरदेखि छायांकन हुने छ । सन् २०२३ को मध्यमा फिल्म प्रदर्शन तयारी छ ।
फिल्मको खलपात्रको कास्टिङ समेत तयारी छ । करण जोहरले निर्माण गरेका फिल्म लाइगर, ब्रम्हास्त्र, गोविन्दा नाम मेरा, मिस्टर और मिसेस माही, रकी और रानीकी प्रेम कहानी प्रदर्शन तयारीमा छन् ।