रामकृष्ण ढकालको 'काली' मा नम्रता र रामकृष्णकै अभिनय — OSNepal

रामकृष्ण ढकालको ‘काली’ मा नम्रता र रामकृष्णकै अभिनय

LC (KTM) July 21, 2022 0

काठमाडौं। लोकप्रिय गायक रामकृष्ण ढकालको आवाजमा रहेको ‘काली’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । बिहीवार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको गीत वियोगान्त भावको छ । दीपक शर्माको संगीत र चिन्तामणी सिवाकोटीको शब्द रचना रहेको गीतका एरेन्जर पुरुषोत्तम सुवेदी हुन् ।

सुव्रतराज आचार्यले निर्देशन गरेको गीतको भिडियोमा गायक ढकाल स्वयं फिचर छन् भने नम्रता श्रेष्ठ, दिपेश ढकाल र दिपेन गौतम माइकलको पनि अभिनय छ । भिडियोमा नम्रताले प्रेमलाई हलुका रुपमा लिएको पात्रको रुपमा प्रस्तुत छिन् । अगाध माया गरेको मान्छेले धोका दिँदा मनमा उत्पन्न भावलाई गीतमार्फत् व्यक्त गरिएको छ ।

गीतको भिडियोमा जया शर्मा क्रियटिभ डाइरेक्टर, उत्सव दाहालको छायांकन, विकास दाहालको सम्पादन र कलर र साइव्रत आचार्यको स्टोरी बोर्ड रहेको छ । गीत सार्वजनिक कार्यक्रममा गायक ढकालले अडियोअनुसार भिडियो तयार भएकोमा खुशी व्यक्त गरे । यो गीतका शब्दले दर्शकको मनछुने उनको विश्वास छ । उनले भने, ‘मलाई गीतको शब्द सुन्दा नै मन परेको थियो । संगीत उस्तै मीठो सृजना भयो । भिडियोले गीतमा थप सुनमा सुगन्ध थपेको छ ।’

गीतकार सिवाकोटीले भने विगतमा आफूलाई दुःख, झमेला दिने पात्रहरुलाई सम्झिएर गीत लेखेको बताउँदै भिडियो हेर्दा आनन्द महशुस भएको बताए । संगीतकार शर्माले गीतमा रामकृष्ण ढकालसँग सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गरे । निर्देशक आचार्यले भिडियो राम्रो बन्न अडियो बलियो हुनुपर्ने तर्क राख्दै ‘काली’ गीतलाई न्याय गर्ने भिडियोमा कुनै कसर नछाडेको बताए । त्यस्तै, अभिनेत्री सापकोटाले भिडियोमा काम गर्दा रमाइलो भएको अनुभव साट्दै धेरैपछि फरक खालको पात्रमा अभिनय गर्न पाएको खुशी व्यक्त गरिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर