काठमाडौं ।
भारतीय सुन्दरी नायिका सुस्मिता सेन नयाँ प्रेमी ललित मोदीका व्यापक चर्चामा चर्चामा छिन् ।
फिल्मी जीवनबाट खासै सफलता पाउन नसकेपनि यी सुन्दरीले प्रे, रोमानस र स्क्याण्डलबाट भने सँधै चर्चामा राख्न सफल भइन् आँफुलाई ।
सुष्मिताले ललित मोदीसँगको सम्बन्धको पुष्टि गरेदेखि नै उनी सामाजिक सञ्जालमा चर्को ट्रोल भइरहेका बेला उनका नयाा तस्विरहरु फेरी भाइरल बनेका छन् ।
सुष्मिताले हालै सामाजिक संजालमा पोस्ट गरेका तस्बिरमा सुस्मिता कारमा बसेको देखिएकी छिन् । निलो पहिरन र ठूलो सनग्लासमा सुस्मिताको लुक हेर्न लायक छ ।
तर सुष्मिताको तस्बिरमा प्रयोगकर्ताले केही यस्तो देखेका छन्, त्यसपछि उनीहरूले अभिनेत्रीलाई फेरि ट्रोल गर्न थालेका छन् । सनग्लासको लेन्समा कारमा राखिएका दुईवटा बोतलको छाया देखिन्छ । जुन तस्विरहरु भोड्काको भएको भारतीय समाचार एजेन्सीहरुले लेखेका छन् । सुस्मिताको तस्बिर बाहिर आए लगत्तै कतिपयले म्याडम, यो भोड्का हो भनेर लेखेक छन् ।
यो पनि : पैसाका लागि ललित मोदीसँग नजिकिएकी भन्नेहरुलाई सुष्मिताले दिइन् गतिलो जवाफ, भनिन् ‘म सुन भन्दा बहुमुल्य कुरा खोज्छु’ : भारतीय सुन्दरी नायिका सुस्मिता सेनको नाम आइपिएलका संस्थापक ललित मोदीसँग जोडिएपछि अहिले सुस्मितालाई गोल्ड डिगरको आरोप लागेको छ ।
आँफुलाई गोल्ड डिगर भन्नेहरुलाइर्ए गतिलो जवाफ दिँदै सुस्मिताले आँफुले सुन भन्दा बहुमुल्य कुरा खोजेको बताएकी छिन् । आइपिएलका संस्थापक ललित मोदीले सामाजिक संजालमा सुस्मितासँग प्रेममा रहेको खबर सार्वजनिक गरेसँगै मिडियामा यो कुरा भाइरल भैरहेका बेला सुष्मिताके यो बयानले झनै सामाजिक संजाल तरंगीत बनाएको छ ।
सामाजिक संजालमा सुस्मितालाई लिएर ट्रोल भैरहेका बेला सुस्मिता र मोदीको उमेर अन्तर, मोदीको रुपको बिषयमा बढी टिप्पणी गरिएको छ । सुस्मितालाई ‘लोभी र धुताहा’ को चर्को आरोप लागिरहेको छ ।
कतिपयले आकर्षण नै नभएका व्यक्तिसँग सुस्मिताले समय बिताए भन्ने प्रतिक्रिया दिइरहेका बेला सुष्मिताले भने ‘हामी वरपरको संसार कति दयालाग्दो र दुःखी बन्दै गैरहेको छ, त्यो हृदयविदारक रहेको जावफ दिएकी छिन् ।
उनले भनेकी छिन् मैले कहिल्यै नभेटेका र नचिनेका साथीहरुले सबैले आफ्ना मेरो जीवनको गहिरो ज्ञान र चरित्रबारे महान् विचारहरु साझा गरिरहेका छन् । त्यसलाई कमाउने धन्दा बनाउँदै मलाई गोल्ड डिगर भन्दै ।
आहा यी प्रतिभाशालीहरु ।’ आलोचकहरुलाई लक्षित गर्दै उनले लेखेकी छिन्–‘म सुनभन्दा पनि बहुमुल्य कुरा खोज्छु । र म सधै हीरा नै खोज्छु र हो अहिले पनि म आफै त्यो किन्छु ।’