सोधपुछपछि शर्माको प्रतिक्रिया- उहाँहरुले सोधेको हरेक प्रश्नको जवाफ दिएको छु,बाँकी कुरा उहाँहरुले नै भन्नुहोला — OSNepal

सोधपुछपछि शर्माको प्रतिक्रिया- उहाँहरुले सोधेको हरेक प्रश्नको जवाफ दिएको छु,बाँकी कुरा उहाँहरुले नै भन्नुहोला

LC (KTM) July 21, 2022 0

काठमाडौं ५ साउन । पुर्व अर्थमन्त्री जनार्दन शर्माले आफुलाई संसदीय समितिले सोधेका अधिकांश विषयको प्रष्ट जवाफ दिएको बताएका छन् । बिहिबार बिहान सिंहदरबार कार्यालयमा छानविन समितिको तिन घण्टा लामो सोधपुछमा आफुले स्पष्ट जवाफ दिएको बताएका हुन् ।

बजेट निर्माणका क्रममा अनाधिकृत व्यक्तिलाई संलग्न गराएको आरोप लागेपछि शर्मामाथि छानविन गर्न ११ सदस्यीय संसदीय छानबिन विशेष समिति ठगन गरिएको थियो ।

तीन घण्टा लामो सोधपुछ पछि बाहिर निस्किएका शर्माले सञ्चारकर्मीसँग कुरा गर्दै भने,‘मैले उहाँहरुले सोधेको प्रश्नको जवाफ दिएको छु,बाँकी कुरा उहाँहरुले नै भन्नुहोला ।’

सोधपुछमा शर्माले आफुले विधि, नियम र कार्यविधिमा रहेर नै आफूले बजेट तय गरेको भन्दै बजेट निर्माणका क्रममा अनाधिकृत व्यक्तिलाई सहभागी नग राएको जिकिर गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर