काठमाडौँ ।
भारतीय सुन्दरी नायिका सुस्मिता सेनको नाम आइपिएलका संस्थापक ललित मोदीसँग जोडिएपछि अहिले सुस्मितालाई गोल्ड डिगरको आरोप लागेको छ ।
आँफुलाई गोल्ड डिगर भन्नेहरुलाइर्ए गतिलो जवाफ दिँदै सुस्मिताले आँफुले सुन भन्दा बहुमुल्य कुरा खोजेको बताएकी छिन् । आइपिएलका संस्थापक ललित मोदीले सामाजिक संजालमा सुस्मितासँग प्रेममा रहेको खबर सार्वजनिक गरेसँगै मिडियामा यो कुरा भाइरल भैरहेका बेला सुष्मिताके यो बयानले झनै सामाजिक संजाल तरंगीत बनाएको छ ।
सामाजिक संजालमा सुस्मितालाई लिएर ट्रोल भैरहेका बेला सुस्मिता र मोदीको उमेर अन्तर, मोदीको रुपको बिषयमा बढी टिप्पणी गरिएको छ । सुस्मितालाई ‘लोभी र धुताहा’ को चर्को आरोप लागिरहेको छ ।
कतिपयले आकर्षण नै नभएका व्यक्तिसँग सुस्मिताले समय बिताए भन्ने प्रतिक्रिया दिइरहेका बेला सुष्मिताले भने ‘हामी वरपरको संसार कति दयालाग्दो र दुःखी बन्दै गैरहेको छ, त्यो हृदयविदारक रहेको जावफ दिएकी छिन् ।
उनले भनेकी छिन् मैले कहिल्यै नभेटेका र नचिनेका साथीहरुले सबैले आफ्ना मेरो जीवनको गहिरो ज्ञान र चरित्रबारे महान् विचारहरु साझा गरिरहेका छन् । त्यसलाई कमाउने धन्दा बनाउँदै मलाई गोल्ड डिगर भन्दै ।
आहा यी प्रतिभाशालीहरु ।’ आलोचकहरुलाई लक्षित गर्दै उनले लेखेकी छिन्–‘म सुनभन्दा पनि बहुमुल्य कुरा खोज्छु । र म सधै हीरा नै खोज्छु र हो अहिले पनि म आफै त्यो किन्छु ।’