प्रतिनिधिसभाको रोष्ट्रम नै भीम रावलको कब्जामा — OSNepal

प्रतिनिधिसभाको रोष्ट्रम नै भीम रावलको कब्जामा

LC (KTM) July 20, 2022 0

काठमाडौं ४ साउन । नेकपा एमालेका सांसद डा भीम रावलले अमेरिकालाई एसपीपी सम्झौताबाट पछि हटेको पत्र लेख्न सरकारलाई रुलिङ गर्न माग गरेका छन् ।

बुधबार बसेको संसद बैठकमा रावलले पत्र पठाउन रुलिङको माग गर्दै रोष्ट्रम नै कब्जा गरेका हुन् । रावलले सभामुखसँग सरकारलाई रुलिङ गर्न माग गर्दै यस विषयमा प्रतिनिधिसभाले आफ्तो तागत देखाउनुपर्ने माग समेत गरेका छन् ।

यता माओवादी सांसद सत्या पहाडी सभामुखको भूमिकामा थिइन् । सांसदहरुले माइक काट्न सभामुखलाई आग्रह गर्दा पनि रावलले नटेरेपछि पहाडीलाई हेपेको भन्ने सूचना पाएपछि सभामुख अग्नि सापकोटा झोक्किँदै रोष्ट्रममा पुगेका थिए ।

पटक पटक रावललाई आफ्नो स्थानमा बस्न आग्रह गर्दा पनि रावलले नटेरेपछि सभामुखले बैठक नै १५ मिनेटका लागि स्थगित गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर