एजेन्सी :
बलिउड सुपरस्टार रणवीर पछिल्लो समय चर्चाको विषय बनेका छन् । कहिले उनको आउदै गरेको फिल्म शमशेरा कहिले ब्रह्मास्त्र त कहिले आउने बच्चाको विषयलाई लएर ।
यहि बच्चाको खुशी बाड्ने क्रममा उनले एक अन्र्तवार्तामा आलिया भट्टसँग बिहे गर्नु पहिले ने फ्युचर किडको लागि बिचार गर्न सुरु गरेको बताएका छन् । फिल्म शमशेराको प्रमोशनमा रहेका बेला बच्चाको विषयलाई लिएर प्रश्न गरेपछि रणवीरले आलिया र आफु बिहे अघि बच्चाको विषलाई लिएर प्लानिगं सुरु गरेको बताएका हुन् ।
त्यस्तै उनले आफ्नो बच्चाको नामका बारेमा पनि साचेको बताएका छन् । उनका अनुसार कपुर खानदानमा सबैका नाम आर बाट सुरु भएकाले बच्चाको नाम पनि आरबाट नै आउने छ । त्यस्तै उनले पहिले बच्चा जन्मिसकेर बच्चा पििहलो पटक हातमा लिदाँ जुन नामले बोलाइन्छ त्यो नाम पनि स्पेशल हुने उनको भनाइ छ ।
रणवीर पछिल्लो समय फिल्म शमशेरामा व्यस्त छन् । फिल्म यहि २२ जुलाइबाट प्रदर्शनमा आउदैछ । फिल्ममा रणवीरका अलवा दिग्गज कलाकार संजय दत्त वाणी कपुरको अभिनय रहेको छ । संजुमा अभिनय गरेपछि उनले ४ वर्ष सम्म फिल्ममा अभिनय गरेका थिएनन् ।