विबाहित पुरुषलाई माया जालमा फसाएर उनकै १ वर्षकी छोरी लिएर प्रेमिका टाप कसेपछि... — OSNepal

विबाहित पुरुषलाई माया जालमा फसाएर उनकै १ वर्षकी छोरी लिएर प्रेमिका टाप कसेपछि…

LC (KTM) July 20, 2022 0

विराटनगर । मोरङको बुढीगंगा(१ का दिपेन्द्र यादवको १ वर्ष ३ दिनकी छोरी निकिसा यादव अपहरणमा परेकी छिन् ।

निकिसालाई अपहरण गर्ने अरु कोही नभएर उनकै बाबुको प्रेममा परेकी महिला हुन । निकिसाका बाबु दिपेन्द्र यादवसँग गहिरो प्रेममा रहेकी अञ्जली साहले विबाहिक प्रेमीको नावालिक छोरीलाई लिएर फरार भएपछि अहिले अञ्जलीको खोजीमा प्रहरी लागेको छ ।

सामाजिक सञ्जालबाट केही महिनाअघि मात्र यादवको अञ्जली साहसँग सम्पर्क भएको र यी दुईबिच प्रे र रोमान्सका किस्साहरु चलिरहेको अनुसन्धानमा सक्रिय प्रहरी अधिकारीहरु बताउँछन् ।

प्रेम सम्बन्धमा गाँसिएका उनीहरू सोमबार विराटनगरको रोड शेषमा भेट्न आएको बेला यादवका नावालिक छोरी निकिसालाई प्रेमिका अञ्जलीले चिया खाइरहेको अवस्थामा एक्कासी लिएर भागेको बयान दिपेन्द्र यादवले प्रहरीलाई दिएका छन् ।

पेशाले मेकानिकल इन्जिनियर यादवको विवाह सप्तरी राजविराजकी ममता यादवसँग भएको हो। विवाह भएको केही समयपछि ममता बिबिए पढ्न काठमाडौं गएपछि यादव र अञ्जलीबीच प्रेम सम्बन्ध झाँगिदै गएको बताइनछ ।

अञ्जलीले प्रेमी दिपेन्द्रलाई छोरीलाई लुगा किनदिने भन्दै लिएर आउन आग्रह गरेपछि उनले लिएर गएका थिए । बच्चाका लागि लुगा किनेर बच्चाको लुगा फेरिएपछि चिया र खाजा खान अञ्जलीले प्रेमी यादवलाई आग्रह गरिन्।

प्रेमिकाले आग्रह गरेपछि दुवै जना सहमतिमा नै रोडशेषस्थित एक खाजा पसलमा पुपछि औषधी किन्ने बाहानामा अञ्जली बच्चालाई लिएर फरार भएको प्रहरी स्रोत बताउँछ । । मोरङका प्रहरी प्रवक्ता डिएसपी राजन कार्कीले बालिकाको खोजीकार्य जारी रहेको बताएपछि बालिका अहिलेसम्म फेला परेकी छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर