डाक्टरले दिइएको मितिमा सुत्केरी नभएर अवस्था गम्भीर भएपछि २३ बर्षिया अनिताको हेलिकप्टरमार्फत उपचारका लागि अस्पताल लगियो — OSNepal

डाक्टरले दिइएको मितिमा सुत्केरी नभएर अवस्था गम्भीर भएपछि २३ बर्षिया अनिताको हेलिकप्टरमार्फत उपचारका लागि अस्पताल लगियो

LC (KTM) June 19, 2021 0

गर्भवती महिलाको हेलिकप्टरमार्फत उद्वार गरिएको छ । मेलम्ची नगरपालिका–७ दुवाचौर चिहानडाँडाकी २३ बर्षिया अनिता तामाङलाई उद्वार गरिएको हो ।

जेठ १४ डाक्टरले मिति दिइएकोमा आजसम्म सुत्केरी नभएको र अवस्था गम्भीर भएकाले हेलिकप्टरमार्फत उपचारका लागि लगिएको वडा सदस्य पासाङ तामाङले जानकारी दिनुभयो । मेलम्ची नगरपालिकाको समन्वय र हामी नेपाली नामक संस्थाको सहयोगमा कैलाश एयरमार्फत उनको उद्वार गरिएको हो ।

प्रदेशका योजनाबाट प्राविधिकलाई कमिशन !-:सुदूरपश्चिम प्रदेश सरकारका योजनाबाट प्राविधिकले दश प्रतिशतसम्म कमिशन लिएको पाइएको छ । प्राविधिकले प्रत्येक योजनाबाट १० प्रतिशत रकम लिएर बिल उठाइरहेको उपभोक्ताको आरोप रहेको छ । प्राविधिकहरुले योजनाको स्थलगत अनुुगमन नगरेर मार्तडीमै बसेर बिल उठाउने गरेको पाइएको छ ।

प्रदेशको जिल्ला डिभिजन वन कार्यालय बाजुराअन्र्तगत पर्यटन पूर्वाधार कार्यक्रम तथा प्रदेश भूर्वाधार कार्यक्रम अन्र्ततगका योजनाबाट कमिसन लिएर योजनाको भूक्तानी दिने गरेको एक उपभोक्ता समितिका अध्यक्षले बताएका छन् । जिल्लामा पर्यटन पूर्वाधार कार्यक्रम अन्र्तगत २९ योजना र प्रदेश पूर्वाधार कार्यक्रम अन्र्तगत २७ योजना रहेका छन् ।

जिल्ला डिभिजन वन कार्यालय बाजुराका सूचना अधिकारी राजन कुँवरका अनुसार सबै योजनामा प्राविधिक नपुुगेको स्वीकार गर्दै जनशक्ति थप्नुपर्ने बताउनुभयो । पर्यटन पूर्वाधार कार्यक्रमअन्र्तगत बाजुरा खर्टाएका इञ्जिनियर प्रशान्त बोहराले भने कमिशन लिएको सत्य नभएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर