काठमाडौं २ साउन । सभामुख अग्निप्रसाद सापकोटाआगामी चुनावको लागि उम्मेदवारी मनोनयनका दिनसम्म प्रतिनिधिसभाको आयु रहने बताएका स्पष्ट पारेका छन् ।
सोमबार संसदीय मामिला पत्रकार समाजसँगको अन्तरक्रियामा सभामुख सापकोटाले यस विषयमा स्पष्ट पारेका हुन् ।
मनोनयनसँगै प्रतिनिधिसभा विघटन हुने जानकारी दिएका उनले सबै नियकासँग छलफल गरेर प्रतिनिधिसभाको आयुको बारेमा टुंगोमा पुगिने बताए ।
यस विषयमा प्रधानमन्त्रीले समेत छलफल गरेर टुंगोमा पुगौं भनेको भन्दै सापकोटाले भने , ‘यो संसदको आयु मनोनयनको दिनसम्म रहन्छ भन्ने छ । त्यसमा फाइनल होइन मोटामोटी कुरा हो । नोमिनेसनको दिनसम्म संसद रहन्छ ।’