पोखरामा एनआईसी एसिया बैंकको एटिएम फोर्न खोज्ने १९ वर्षीय नरेश पुन पक्राउ — OSNepal

पोखरामा एनआईसी एसिया बैंकको एटिएम फोर्न खोज्ने १९ वर्षीय नरेश पुन पक्राउ

LC (KTM) July 18, 2022 0

कास्की, २ साउन:

पोखरा महानगरपालिका–८ न्यूरोडस्थित एनआईसी एशिया बैंकको एटिएम मेशिन फोर्न खोजेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही महानगरपालिका–९ पृथ्वी चोक बस्ने रुकुम घर भएका १९ वर्षीय नरेश पुन मगर छन् । उनलाई शनिबार प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उनीमाथि चोरी उद्योग मुद्दामा जिल्ला अदालत कास्कीबाट ५ दिन म्याद थप अनुमती लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर