शर्मामाथि छानविन गर्न बनेको समितिले अर्थमन्त्रालयबाट सीसीटीभीको 'हार्डडिस्क' मगाएर अध्ययन गर्दै — OSNepal

शर्मामाथि छानविन गर्न बनेको समितिले अर्थमन्त्रालयबाट सीसीटीभीको ‘हार्डडिस्क’ मगाएर अध्ययन गर्दै

LC (KTM) July 18, 2022 0

काठमाडौं २ साउन । तत्का लिन अर्थमन्त्री जर्नादन शर्मामाथि छानविन गर्न गठित संसदीय विशेष समितिले आज अर्थ मन्त्रालयको ‘हार्ड डिस्क’ अध्ययन गर्ने भएको छ ।

बजेट निमार्णमा अनाधिकृत व्यक्तिलाई प्रवेश गर्न लगाई करको हेरफेर गरेको अभियोग लागेपछि शर्माले अर्थमन्त्री पदबाट राजीनामा दिएका थिए । जेठ महिनाको फुटेज डिलिट भयो भनेर अर्थ मन्त्रालयले समितिलाई सीसीटीभी फुटेज दिन आनाकानी गरेपछि हार्ड डिस्क मगाएर समितिले अध्ययन गर्न लागेको हो ।

समिति सदस्य लक्ष्मणलाल कर्णले जेठ महिनाको सीसीटीभी फुटेजको हार्ड डिस्क मगाएको र त्यो प्राप्त भयो भने प्रावधिक राखेर अध्ययन गरिने बताएका छन् ।

प्रावधिक अध्ययन सकिएपछि उहाँ ९जनार्दन शर्मा० सँग बयान लिने बारेमा समितिमा छलफल समेत भएको छ । आइतबार राति ८ बजेसम्म पनि समितिले सो प्रकरणका बारेमा सरोकारवाला व्यक्तिसँग बयान, छानबिन र अध्ययन गरेको थियो ।

साथै, उक्त समितिले जेठ महिनाको सीसीटीभी फुटेज माग्दा असारको दिएपछि सो प्रकरण थप रहस्य बन्दै गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर